२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले पुरा गर्यो नेताको जिम्मेवारी बाँडफाँट



अ+ अ-

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । नेकपाले प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह , विभिन्न विभागीय जिम्मेवारी र सङ्गठन तर्फको जिम्मेवारी समेत तोकेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पूरा गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको चर्चा गर्दै लोकतन्त्रलाई आत्मसात् गरेर काम गर्न आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष मुनु सिग्देलले पार्टीले स्थानीय तहस्तरकोे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै स्थानीय तहहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसारका काम गर्नुपपर्छ भन्नुभयो ।