१२ असार २०८३, शुक्रबार
,
Latest
अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्मानपछि अभियन्ता कल्पितलाई गृह जिल्लामा स्वागत



अ+ अ-

झापा । भियतनाममा प्राप्त अन्तर्राष्ट्रिय सम्मानपछि गृह जिल्ला झापा पुगेका कलाकार तथा अभियन्ता माधव कल्पितलाई भव्य स्वागत गरिएको छ। राजधानी काठमाडौंबाट झापा पुगेका कल्पितलाई भद्रपुर विमानस्थलमा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समर्थकहरूले उत्साहपूर्ण रूपमा स्वागत गरेका हुन्।

नाट्य प्रतिष्ठान, नागरिक बचाउ महाअभियान नेपाल तथा नागरिक बचाउ दल नेपालका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा गरिएको स्वागत कार्यक्रममा स्थानीय नागरिकहरूको पनि उल्लेख्य सहभागिता देखिएको थियो। बाजागाजा, माल्यार्पण र खादा ओढाएर गरिएको स्वागतले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

कल्पितको नेतृत्वमा झापामा स्थापना गरिएको ‘झापा नाटक घर’ तथा सांस्कृतिक संग्रहालयको प्रभावकारी सञ्चालन र सांस्कृतिक संरक्षणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनाम सरकारले उनलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको हो। उक्त सम्मान मार्च ८, २०२६ मा भियतनामको दानाङ शहरमा आयोजित विशेष समारोहका बीच प्रदान गरिएको थियो।

सम्मान प्राप्तिपछि स्वदेश फर्किएका कल्पितले आफूलाई प्राप्त सम्मान सम्पूर्ण नेपाली कला, संस्कृति र समाजसेवाप्रति समर्पित रहेको बताए। उनले आगामी दिनमा अझ सक्रिय रूपमा सांस्कृतिक विकास, कला प्रवर्द्धन र सामाजिक अभियानहरूलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको कला र पहिचानलाई चिनाउन सफल भएको भन्दै सहभागीहरूले कल्पितको कार्यको प्रशंसा गरेका थिए। यो सम्मानले झापा मात्र नभई समग्र देशको गौरव बढाएको धारणा व्यक्त गरिएको छ।