३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ऋण दिन्छ युवाहरुले गाउ छोड्नु पर्दैन : मन्त्री लम्साल



अ+ अ-

पर्वत । पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकार बनेपछि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनमा आएको बताउँदै मन्त्री लम्सालले अब गाउँ–गाउँमा स्वरोजगारका बाटाहरु खुलेको बताउनुभयो । उहाँले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो ।

मन्त्री लम्सालले उद्यम व्यवसाय गर्ने जोसुकै युवालाई राज्यले सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँ–गाउँमा उद्यम सिर्जना गर्न लागिपरेको बताउनुभयो । उहाँले पर्यटन, कृषि, उद्यम तथा ऊर्जाको क्षेत्रमा अनुदान वितरण गरिरहेको बताउँदै गाउँमै उद्यम सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले घरवास (होमस्टे)लाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । गण्डकी प्रदेशले २७४ घरवास बनाएको बताउँदै घरवास प्रभावकारी भएमा पर्यटकको कमी नहुने र जुनसुकै व्यवासाय गर्नका लागि पनि गण्डकी प्रदेश सरकारले बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले विकासबाट विमुख बनेको विहादी बिस्तारै उज्यालोको दिशामा जान थालेको बताउनुभयो । विविध समस्याले गाउँपालिकाले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै विकास निर्माणमा सबैको सक्रियता र सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले बाच्छामा सञ्चालित घरवासलगायत विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गर्ने बताउनुभयो ।

महोत्सवमा भलिबल प्रतियोगिता, स्थानीय गुरुङ समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम लोकगीत प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।




भर्खरै