१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण



अ+ अ-

काठमाडाैँ । चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ ।

भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङ्गल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकोमा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङ्गलले ओगटेको छ ।

यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषियोग्य रहेको छ । उनका अनुसार सार्वजनिक जमिन ३१५ दशमलब ५२ हेक्टर, आवासीय जमिन एक हजार ९१८ दशमलब ८७ हेक्टर, व्यावसायिक जमिन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र संस्कृतिक जमिन ९ दशमलब ३१ हेक्टर रहेको छ ।

जमिन वर्गीकरणको काम सकिएकाले सबै विवरण वडा कार्यालयमा पठाइएको उनले जानकारी दिए। पालिकाले गरेको जग्गाको वर्गीकरणबारे चित्त नबुझे भू उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ बमोजिम निवेदन पेस गर्न सूचना जारी गरिएको छ । जग्गा धनीले भू उपयोग वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा त्यस्ता निवेदनमाथि अध्ययन गरी पुनःविचार गरिने भुषालले बताए ।