२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’



अ+ अ-

भक्तपुर।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जुनसुकै स्वास्थ्य सेवा एवं बिरामीको उपचारमा अस्पतालले दिएको सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनुपर्ने बताउनुभएको छ ।

विश्व मिर्गाैला दिवस–२०२६ को अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री डा गौतमले बिरामीको उपचार सेवा सहज रुपमा पाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियान सकारात्मक रहेको चर्चा गर्दै केन्द्रका लागि आवश्यक  जग्गा उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो  ।

मिर्गाैला रोगका बारेमा सर्वसाधारणमा प्रभावकारी जनचेतना पुग्न सके नागरिकबाट सकारात्मक भूमिका निर्वाह हुने उल्लेख गर्दै मन्त्री डा गौतमले केन्द्रले देशभरि सञ्चालन गरेको अभियानलाई  विस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अङ्ग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु अरु स्वस्थ्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन, उनीहरु हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन् भन्ने जनचेतना आमनागरिकमा पु¥याउन सके अङ्गदान तथा अङ्ग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।”

अस्पतालकी कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठले विश्वभरि नै मिर्गाैला रोगको प्रकोप बढीरहेकाले रोगको पहिचान तथा उपचार र रोकथामका उपायबारे सबैलाई सचेत गराउन केन्द्र लागि परेको बताउनुभयो । मिर्गाैला उपचारको क्षेत्रमा केन्द्र देशकै नमूना केन्द्रको रुपमा स्थापित भई हालसम्म एक हजार ५८६ जनाको मिर्गौला, ३६ जनाको कलेजो र दैनिक १५० जनाको डाइलाइसिस सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र विकास समतिकिा अध्यक्ष डा केशरबहादुर ढकालले साँघुरो भवनबाट सेवा प्रवाह हुँदा केन्द्रको सेवा विस्तार गर्न असहज भएकाले उचित स्थानमा जग्गा उपलब्ध गराउन माग गर्नुभयो । रासस




भर्खरै