९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

देशमा राजनीतिक स्थिरताको चुनौती कायमै, समाजवादको लक्ष्यमा पुग्न राष्ट्रिय एकता आवश्यकः अष्टलक्ष्मी शाक्य

देशमा राजनीतिक स्थिरताको चुनौती कायमै, समाजवादको लक्ष्यमा पुग्न राष्ट्रिय एकता आवश्यकः अष्टलक्ष्मी शाक्य
अ अ+ अ-

काठमाडाैँ । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म हटाए पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन्।

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतिदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा जोड दिइन्। देश अब कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उनले वर्तमान चुनौतीहरूको सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता रहेको बताइन्।

उनले देश रहे मात्र नागरिकको अस्तित्व रहने उल्लेख गर्दै नेपाललाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न सबैमा आह्वान गरिन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। समाजवादको गन्तव्यमा पुग्न शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायका क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको र यसका लागि सबै पक्ष एकजुट हुनुपर्ने उनले स्पष्ट पारिन्।

शाक्यले निर्वाचन सम्पन्न भएसँगै केही अन्यौलता हटे पनि राजनीतिक स्थिरताको प्रश्न अझै कायम रहेको उल्लेख गर्दै देशको भविष्यप्रति सबै नागरिक चिन्तित रहेको बताइन्। नेपाल रहे मात्र नेपालीको पहिचान र सार्वभौम अस्तित्व कायम रहने भन्दै उनले देशप्रति माया र राष्ट्रिय एकताको भावना बलियो बनाउनुपर्ने धारणा राखिन्।

उनले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरू राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्नेमा जोड दिइन्। महिलाहरू विभिन्न राजनीतिक दलमा आबद्ध भए पनि राष्ट्रिय मुद्दामा एउटै स्वर हुनुपर्ने उनको भनाइ थियो। संविधानले महिलाका हकअधिकार सुनिश्चित गरिसकेको र राज्यका विभिन्न निकायमा महिलाको पहुँच विस्तार हुँदै गएको अवस्थामा अब महिलाहरू चुप लागेर बस्न नहुने उनले बताइन्।

नेपालको राजनीतिक इतिहासमा महिलाहरूले आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि महिलाबीच एकता र सहकार्य आवश्यक रहेको बताइन्। महिलाहरूलाई केवल राजनीतिक दृष्टिकोणबाट मात्र नहेरी उद्यमशीलता, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका महिलाहरूको योगदानको पनि कदर गर्नुपर्ने उनको धारणा थियो।

उनले सबै महिला एकै ठाउँमा बसेर एकअर्कालाई प्रेरित गर्दै देश निर्माणमा सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याइन्।