२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता कार्यक्रममा सहभागी हुनुभएका उहाँले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो ।

ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा डा रामकण्ठ माकजु श्रेष्ठबीच बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । “राजनीतिक सङ्क्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँ । सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो सङ्कल्प हो”, उहाँले भन्नुभयो, “‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’’

प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पुर्याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले सहयोग पुग्ने बताउनुभयो । सम्झौतामा शिक्षालाई समुदायमा पुर्याउन विभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसमेतको सहभागिता थियो ।