३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी पार्टीले कांग्रेससंग सहकार्य गर्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग समाजवादी पार्टी नेपालले सहकार्य गर्ने भएको छ । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन्।

बुधबार केपी शर्मा ओली नेतृत्वको सरकार दिएको समर्थन फिर्ता लिएपछि पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा भट्टाराईले प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य हुने बताएका हुन्।

‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने।

सभामुख चयन प्रक्रियामा समाजवादी पार्टीको कुनै लोभ नभएको पनि उनले बताए। ‘सभामुख चयन प्रक्रिया अब अघि बढ्ला। नेकपासँग बहुमत छँदैछ,’ उनले भने, ‘हाम्रोतर्फबाट कुनै लोभ छैन। आकांक्षा छैन।’




भर्खरै