३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको दुई तिहाइको दम्ब सकियो : यादव



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्व सरकारको दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष यादवले भने, ‘हिजोसम्म सरकारको दुई तिहाईको दम्भ थियो, त्यो आजदेखि समाप्त भयो ।’ साथै सरकारमा कम्युनिस्ट बाहेक अरु पनि छन् भन्ने पनि अन्त्य भएको उनले बताए ।

संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पनि उनले बताए । ‘हामीले पटकपटक भन्यौं, । पार्टीको प्रतिनिधिमण्डल बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौं,’ उनले भन भने, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन बर नीति, बजेट निर्माण, कानून बनाउँदा कुनै सहकार्य भएन । एकलौटी निर्णय गर्दै गर्दै जाुनभयो ।’

आफूले संविधानमा भएको त्रृटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेको भन्दै उनले सरकारमा के गरी बस्ने भन्ने प्रश्न गरे ।




भर्खरै