५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

विद्रोहदेखि नेतृत्वसम्म : रहबरको संसद यात्रा

विद्रोहदेखि नेतृत्वसम्म : रहबरको संसद यात्रा
अ+ अ-

काठमाडौं ।  बेथिति र भ्रष्टाचारविरुद्ध निरन्तर खबरदारी गर्दै आएका रहबर अन्सारी बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट ४१ हजार २०० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

२०६६ सालमा माओवादी राजनीतिमा प्रवेश गरेका अन्सारी  निर्वाचनको मुखमै नेकपा त्यागेर रास्वपामा प्रवेश गरेका थिए। यसअघि २०७९ सालको निर्वाचनमा उनी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका तर्फबाट विजयी भएका थिए।

यो पनि पढ्नुहोस- प्रचण्डलाई पत्र लेख्दै साथ छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनले वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए। सोही वर्ष प्रदेशसभा सदस्यमा पनि उनले प्रतिस्पर्धा गरेका थिए। २०८२ साल पुस २४ गते अन्सारीले नेकपा परित्याग गर्दै पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका थिए।

२०४३ साल वैशाख १५ गते काठमाडौंमा जन्मिएका अन्सारीले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। उनले भारतको सिम्बायोसिस इन्टरनेशनल युनिभर्सिटीबाट बीबीए र हंगेरीस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेका छन्।

राजनीतिसँगै अन्सारीसँग निजी क्षेत्रको कार्यकारी अनुभव पनि छ। उनले सन् २००९ देखि २०१६ सम्म वीरगञ्जस्थित गण्डक अस्पताल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेका थिए। यसबाहेक रोटरी क्लब वीरगञ्जमा निर्देशक, सचिव तथा जनसम्पर्क निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए।

अन्सारी अन्तर्राष्ट्रिय विकास कार्यक्रम र युवा नेतृत्वसम्बन्धी गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। मधेश प्रदेश सभाका सदस्य रहँदा उनले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।

यो पनि पढ्नुहोस- मधेस प्रदेश सभा बैठक चलिरहेको बेला माओवादी सांसदले आफैँलाई दले कालोमोसो

राजनीति र समाजसेवामा सक्रिय अन्सारीले सुशासन, विकास, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताको पक्षमा सदनदेखि सडकसम्म आवाज उठाउँदै आएका छन्। स्पष्ट वक्ता, इमानदारी र सक्रियताका कारण उनी जिल्लावासीमाझ विश्वासिला युवा नेताका रूपमा परिचित छन्।

राजनीतिलाई सत्ता प्राप्तिको साधनभन्दा सेवा गर्ने माध्यमका रूपमा हेर्ने उनको दृष्टिकोण रहेको छ। २०८१ सालतिर सिमेन्टको मूल्य अस्वाभाविक रूपमा बढ्दा होस् वा कोभिड–१९ महामारीका बेला बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा सर्वसाधारणमाथि दबाब सिर्जना गर्दा होस्, उनले सक्रिय रूपमा आवाज उठाएका थिए। करको विरोधमा २५ जना कार्यकर्तासहित अर्धनग्न भएर प्रतीकात्मक आन्दोलनमा उत्रिएर पनि उनले चर्चा बटुलेका थिए।

गत ५ माघमा प्रदेशसभामा दिएको अभिव्यक्तिले पनि राष्ट्रियस्तरमा तरंग ल्याएको थियो। उनले मधेश प्रदेशलाई ‘भ्रष्टाचारीहरूको रेडलाइट एरिया’ घोषणा गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। उनका अनुसार मधेश प्रदेशमा बढ्दो भ्रष्टाचारले विकास र सुशासनमा अवरोध सिर्जना गरेको छ।

नेकपा छाड्दा अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गरेर लेखिएको उनको पत्रले पनि राजनीतिक वृत्तमा चर्चा पाएको थियो।

यो पनि पढ्नुहोस- मधेस प्रदेश सभा सदस्य रहबरद्वारा नेकपा परित्याग, हुलाकमार्फत प्रचण्डलाई राजीनामा

स्वभावले शान्त तर व्यवहारमा विद्रोही छविका अन्सारीको अब भूमिका र जिम्मेवारी फेरिएको छ। स्थानीय तह र प्रदेश हुँदै संघीय संसदसम्म पुगेका उनी अब सडकमा उठाएका मुद्दालाई नीतिगत रूपमा सम्बोधन गर्ने तहमा पुगेका छन्।

अब विद्रोहभन्दा परिणाम दिनुपर्ने जिम्मेवारी उनको काँधमा आएको छ।