८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य
अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका लागि निर्देशन थियो, “‘अपरेसन एपिक फ्युरी’ स्वीकृत भएको छ । फिर्ता गरिएको छैन । शुभकामना !”

त्यसपछि अमेरिकी सेनाले व्यापक आक्रमण सुरु गर्यो जसले इरानी कमान्ड र कन्ट्रोल स्थलहरू ध्वस्त पारेको छ, मिसाइल पूर्वाधारहरू नष्ट गरेको छ र नौसेना जहाजलाई डुबाइदिएको छ ।

एएफपीले इरान विरुद्ध अमेरिकी कारबाहीमा महत्त्वपूर्ण क्षणहरूको समीक्षा गरेको गरेको छ ।

सैन्य बल निर्माण

अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल डन केनले सोमबार एक पत्रकार सम्मेलनमा भने, “राष्ट्रपतिलाई आवश्यक कारबाही गर्नुपर्ने भएमा विश्वसनीय विकल्प उपलब्ध गराउन सकियोस् भनी अमेरिकाले मध्यपूर्वमा हप्तौंदेखि सैन्य बलको निर्माण गरिरहेको थिया ।”

उनले भने, ’यी गतिविधिहरूले अमेरिकी सेना कुनै पनि उदीयमान खतराको सामना गर्न तयार र सुरक्षित रहेको सुनिश्चित गरेको थियो। यस तैनाथीमा सबै शाखाका हजारौँ सेवा सदस्य, सयौँ चौथो र पाँचौँ पुस्ताका लडाकु, दर्जनौँ इन्धन भर्ने ट्याङ्करहरू, लिङ्कन र फोर्ड क्यारियर स्ट्राइक समूह र उनीहरूको हवाई शाखा, युद्ध सामग्रीको निरन्तर प्रवाह, ईन्धन आपूर्ति समावेश थियो।”

जिम्मेवारी सम्पादन गर्नेे आदेश

केनले भने, “आक्रमणको आदेश शुक्रबार दिउँसो आएको थियो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले मध्यपूर्वमा अमेरिकी सेनाको जिम्मेवारी लिने सेन्ट्रल कमान्ड (सेन्टकम) लाई सो जानकारी गराउनुभएको थियो ।

राष्ट्रपतिले दिएको निर्देशनलाई उद्धृत गर्दै उनले भने, “अपरेसन एपिक फ्युरी स्वीकृत छ। परित्याग गरिएको छैन । शुभकामना!’”

थालनी

साइबर र स्पेस कमान्डलाई उद्धृत गर्दै केनले भन्नुभयो, “‘यूएस साइबरकम’ र ‘यूएस स्पेसकम’ सबैभन्दा पहिले परिचालन गरिएका थिए, जसले गैर–काइनेटिक प्रभावहरू प्रवाह गरे र इरानको हेर्ने, सञ्चार गर्ने र प्रतिक्रिया गर्ने क्षमतालाई अवरोध र अवमूल्यन गरे र अन्धो बनाए।

त्यसपछि प्रमुख अमेरिकी युद्ध अभियानसंयुक्त राज्य अमेरिकाको पूर्वी तटमा शनिबार बिहान १ः१५ बजे र तेहरानमा बिहान ९ः४५ बजे सुरु भयो ।
“जमिन, समुद्रबाट १०० भन्दा बढी लडाकु विमान, ट्याङ्कर, हावाबाट उत्पन्न (प्राप्त) हुने पूर्व चेतावनी, इलेक्ट्रोनिक आक्रमण, अमेरिकाबाट बमवर्षक र मानव रहित प्लेटफर्महरूले आक्रमणको श्रृङ्खला बनाउँछ,” जनरल केनले भने।

अमेरिकी नौसेनाले इरानी नौसेनाका जहाजहरूमा ‘टोमाहक क्रुज मिसाइल’हरू पनि प्रक्षेपण गरेको थियो, जबकि अमेरिकी स्थलसेनाले ‘सटीक स्ट्यान्डअफ हतियार’हरू प्रहार गरेको थियो,” केनले भने।

अभियानको सुरुवात केही अवस्थाहरूमा वर्ष र महिनौँ गरी यस विशेष लक्ष्य निर्धारण गरिएको उनले बताए ।

लक्ष्य

केनले भने, “संयुक्त राज्य अमेरिकाले युद्धको पहिलो २४ घण्टामा एक हजारभन्दा बढी लक्ष्यहरू प्रहार गरेको थियो ।”

उनले भने, “प्रारम्भिक चरणमा सेन्टकमको ध्यान इरानीहरूको ‘कमान्ड एन्ड कन्ट्रोल’ पूर्वाधार, नौसेना बल, ब्यालेस्टिक मिसाइल स्थलहरू र गुप्तचर पूर्वाधारहरूलाई व्यवस्थित रूपमा निशाना बनाउनु थियो।”

उनले थपे, “समन्वित अन्तरिक्ष र साइबर अपरेसनले जिम्मेवारीको क्षेत्रमा संचार र सेन्सर नेटवर्कलाई प्रभावकारी रूपमा अवरोध पुर्यायो, जसले प्रतिद्वन्द्वीलाई उसको हेर्ने क्षमतालाई अवरोध गरायो जसका कारण प्रभावकारी रूपमा प्रतिक्रिया दिन असम्भव भयो ।”

उद्देश्य

उनले भने, “हाम्रो सैन्य उद्देश्य स्पष्ट छ । हाम्रो मिशन भनेको हाम्रो सुरक्षा र प्रतिरोध गर्नु हो, र हाम्रा क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानलाई आफ्नो सीमाभन्दा बाहिर शक्ति प्रक्षेपण गर्ने क्षमताबाट रोक्नु हो । उपयुक्त रूपमा युद्धको निरन्तरताको सामनाका लागि तयार रहनुहोस्।“

तर ती उद्देश्यहरू पूरा गर्ने समयरेखा खुला छ।

“यो रातारात भएको कुनै पनि कारबाही होइन । सेन्टकम र संयुक्त बललाई जिम्मेवारी दिइएको सैन्य उद्देश्यहरू प्राप्त गर्न केही समय लाग्नेछ,” जनरलले भने।

उनले भने, “हामी थप नोक्सानी व्यहोर्ने अपेक्षा गरेका छौँ तर सधैँझैँ हामी अमेरिकी क्षति न्यूनीकरण गर्ने दिशामा काम गर्नेछौँ ।
युद्ध सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।