• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता हो : मन्त्री बाँस्कोटा



कैलाली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै उहाँले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु हो भन्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो “आफ्नो व्यवसायप्रति आत्मनिर्भर भइयो भने मर्यादित ढङ्गले बाँच्ने आधार सिर्जना हुन्छ । उहाँले समानुपातिक विज्ञापन नीतिले सञ्चारमाध्यमलाई सामानुपातिक विज्ञापन वितरण गर्ने जानकारी दिनुभयो ।

सुदूपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अगामी दिनमा सुदूरपश्चिम सरकारले सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न थप सहकार्य गर्ने जानकारी दिँदै सङ्घीय सरकारले पनि थप वित्तीय स्रोत प्रदान गर्नुपर्छ भन्नुभयो ।

महासङ्घका जिल्ला अध्यक्ष जगत साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलगायतले पत्रकार हक हितका बारे चर्चा गर्नुभएको थियो ।