२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौन अवधिको पूर्वसन्ध्यामा राजधानी सुनसान, होलीभन्दा मतदान प्राथमिकतामा



अ+ अ-

काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरू हुनै लाग्दा काठमाडौँको सडक सुनसान देखिएको छ । मतदाताहरू आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि आज होली पर्वका दिन पनि काठमाडौँको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन ।

अब फागुन २१ गते अर्थात मतदानका लागि ३ दिन मात्रै बाँकि छ । राजनीतिक दल र त्यसका उम्मेदवारहरू आज बेलुका राति १२ बजेबाट मौन अवधि शुरु हुने भएपछि उनीहरूले यतिखेर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित चुनावी प्रचार अभियानको विट मार्ने तयारीमा छन् ।

त्यसैगरी मतदाताहरू पनि मतदानका लागि आ आफ्नो निर्वाचन क्षेत्रमा जाने कामलाई तिब्रता दिएका छन । काठमाडौँको सडकमा यहाँका उम्मेदवार र उनीहरूको प्रचारका लागि हिँडेका केही गाडीहरुले उम्मेदवारको प्रचारका लागि माइकिङ गर्दै हिँडेको देखिन्छ ।

यस पटकको निर्वाचनमा राजनीतिक दलहरूले घरदैलो अभियानलाई बढी जोड दिएका छन् । मतदातासँग प्रत्यक्ष भेटेर मत माग्ने कुरालाई उनीहरूले प्राथमिकता दिएकाले आमसभा लगायतका कार्यक्रमहरू पनि कम देखिएका छन् ।

निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी हुलहुज्जत नगर्न पनि राजनीतिक दल र तिनको उम्मेदवारहरू सचेत गराउँदै आएको छ । निर्वाचन केन्द्रित अभियानका कारण यस वर्षको होलि पर्वमा पनि धेरै जमघट हुन नसकेको विश्लेषण गरिएको छ