४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मौन अवधिमा हुनसक्ने सामाजिक सञ्जालको दुरुपयोगमा आयोगको निगरानी

मौन अवधिमा हुनसक्ने सामाजिक सञ्जालको दुरुपयोगमा आयोगको निगरानी
अ+ अ-

काठमाडौँ ।  बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि अर्थात् मौन अवधि सुरु हुने भएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्मका लागि निर्वाचन आयोगले उक्त अवधि तोकेको हो ।

आयोगका अनुसार यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता लगायत सबै सरोकारवालाले विशेष आचरण पालना गर्नुपर्ने हुन्छ । आयोगले यसअघि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई दबाबमुक्त वातावरणमा आफ्नै विवेकले निर्णय गर्ने अवसर दिन मौन अवधि राखिने गरिएको स्पष्ट पारे। उनका अनुसार विश्वव्यापी अभ्यासअनुसार मतदान अघिको केही समय प्रचारप्रसार रोक्दा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सहयोग पुग्छ ।

मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला, जुलुस, नाचगान, भोजभतेर तथा प्रचारप्रसारजन्य गतिविधि गर्न पाइँदैन । मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको आयोगले जनाएको छ । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट उम्मेदवारको पक्ष वा विपक्षमा सामग्री प्रकाशन गरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए । मतदान अधिकृतहरू आ–आफ्नो केन्द्रमा पुगिसकेको र आवश्यक सामग्रीसमेत पठाइसकिएको उनले बताए ।

उनले मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग हुन सक्ने भन्दै स्रोत पहिचान गरी कारबाही गरिने चेतावनी दिए। कानूनले निषेध गरेका गतिविधि प्रमाणित भए उम्मेदवारको मनोनयनपत्र खारेज गरिने र त्यस्ता व्यक्तिलाई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिने उनले स्पष्ट पारे।

मतदान केन्द्र आसपास शान्ति भंग गर्ने, भय–त्रास सिर्जना गर्ने वा निर्वाचन वातावरण बिथोल्ने कार्य गरे प्रचलित कानूनअनुसार कडा कारबाही हुने आयोगले जनाएको छ ।

आयोगले मौन अवधिलाई मतदाताले शान्त वातावरणमा सोचविचार गरी निर्णय गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै आचारसंहिता अक्षरशः पालना गर्न सबैमा अपिल गरेको छ । मतदान सम्पन्न भएपछि सकेसम्म छिटो मतगणना गरी २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ ।