४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मध्यपूर्वको तनावप्रति सरकार गम्भीरः नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता

मध्यपूर्वको तनावप्रति सरकार गम्भीरः नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता
अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा विकसित पछिल्लो तनावप्रति सरकार गम्भीर रहेको स्पष्ट पारेकी छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले विशेषगरी इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्धको संकटले नेपाल सरकारलाई चिन्तित बनाएको बताइन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा देखिएको पछिल्लो घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको जानकारी दिँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताइन्। रोजगारी तथा विभिन्न सिलसिलामा मध्यपूर्वमा बसोबास गरिरहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार सजग र चिन्तित रहेको उनको भनाइ छ।

उनले सङ्कटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पारिन्। त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयमार्फत सघन अनुगमन भइरहेको जानकारी पनि उनले दिइन् ।

प्रधानमन्त्रीले विश्वको जुनसुकै कुनामा रहेका नेपालीको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न सरकार पूर्ण रूपमा कटिबद्ध रहेको दोहोर्‍याइन् । इतिहासकै कठिन मोडमा देशको नेतृत्व सम्हाल्ने जिम्मेवारीलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगको सम्पर्कमा रहन आग्रह गरिन्।