१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

यस्तो छ मोरङ-४ मा चुनावी प्रतिष्पर्धा

यस्तो छ मोरङ-४ मा चुनावी प्रतिष्पर्धा
अ अ+ अ-

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रतिष्पर्धा रोचक हुने देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुुरुराज घिमिरे र दुुई पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहनुुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)  का अमनलाल मोदीसहितका उम्मेदवार छन्।

विगतका दुुईवटा निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेर जितेको नेकपा (माओवादी केन्द्र) यस पटक नेपाली कम्युनिष्ट पार्टीको नामबाट एकल रुपमा प्रतिस्पर्धामा होमिएको छ । हालै कांग्रेसका महामन्त्री बनेका गुरूराज घिमिरे पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।

विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनबाट माओवादीका अमनलाल मोदी ३० हजार ६१२ मतसहित विजयी भएका थिए । समानुपातिकतर्फ भने सबैभन्दा बढी नेपाली कांग्रेसले १९ हजार ५५५ मत पाएको थियो । तत्कालीन समयमा एमालेले १८ हजार ३८६ मत पाउँदा माओवादी केन्द्रले नौ हजार ७६० मत ल्याएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार २७० मत ल्याएको थियो । यस पटक केही नयाँ दलसहित नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन् । यो क्षेत्रमा एक लाख १९ हजार २५५ मतदाता छन् भने यस पटक नौ हजार ७८ जना मतदाता थपिएका छन् । विसं २०७९ र २०७४ को निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनमै निर्वाचित मोदी यो पटक पनि जित आफ्नै पक्षमा आउनेमा ढुक्क रहेको बताउँछन् ।

विगतको निर्वाचनमा नेपाली कांग्रेसको लोकप्रिय मत भएकाले यस पटक जित सहज हुने विराटनगरका मतदाता लीलाप्रसाद काफ्ले बताउँछन् । एमालेबाट पूर्वप्रदेशमन्त्री जीवन घिमिरे चुनावी मैदानमा छन्। पार्टी सङ्गठन र आफ्नो अनुभवले जित आफ्नो पक्षमा आउने विश्वास घिमिरे बताउँछन् ।

पुराना दलहरूले विकास, निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेका कारण जनता परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टीकोका उम्मेदवार सन्तोष राजवंशी बताउँछन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युुनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मोरङ ४ मा उम्मेदवार चुुनावी प्रचारप्रसारका क्रममा मतदातासँगै छन् ।