२४ श्रावण २०८३, आईतवार
,
Latest
सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता ‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु पूर्णबहादुर खड्काको अपिल : ‘कांग्रेस एकताका लागि सभापति गगन थापा निर्णायक भूमिकामा आउनुस्’ धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयोजक दाहालको दाबीः काँग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् ।

शुक्रवार नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन् । अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ ।

उनले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गरे । उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरे । उनले नेकपाले निर्वाचनमा कुनैपनि दलहरुसँग तालमेल नगर्ने पनि स्पष्ट पारे ।