२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस टोली भियतनाम जाने



अ+ अ-

काठमाडौँ। भियतनाममा हुने यु–१४ उमेर समूहको ‘वल्र्ड जुनियर टेनिस प्रतियोगिता’मा मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजङ्ग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलातर्फ सारा पन्त, एरा खत्री र स्वराह थापा रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।

महिला खेलाडीको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ । प्रशिक्षकसहित टोली शुक्रबार त्यसतर्फ जाने छ । पुरुष खेलाडीको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ ।

उक्त टोली मार्च ६ तारिखमा त्यसतर्फ जाने कार्यक्रम छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । रासस