१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस
अ अ+ अ-

दाङ। बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ ।

सो राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई गाउँपालिकाको वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरण गर्न सिफारिस गरिएको हो । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले हालै निकुञ्जलाई उक्त सिफारिस गर्नुभएको हो ।

पालिकाका किउरेनी, बन्चरे,बाटुले,गौजे, जीला, सिमलकुना,डाँडागाउँ, कप्ताने, जलजला, मलईलाई निकुञ्जभित्रबाट अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अध्यक्ष खत्रीले बताउनुभयो ।

त्यहाँका बस्तीहरुमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा हुनुभन्दा ५० वर्षभन्दा पहिले नै मानव बसोबास रहेको भए पनि हाल राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले नागरिकले निकै दुःख पाउने गरेको अध्यक्षको भनाइ छ । “त्यहाँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्यस क्षेत्रका नागरिकाहरुलाई राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले मानवीय तथा घरपालुवा जनावर एवं बालीनालीमा क्षेति पु¥याउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर, पनि त्यहाँका नागरिकलाई जोखिमयुक्त स्थानमा बसोबास गर्नुको विकल्प नरहेको र राष्ट्रिय निकुञ्ज भएकै कारणले तीन वटै तहका सरकारबाट पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नसमेत नसक्दा राज्यले दिने सुविधाबाट बञ्चित भएको अबस्थामा त्यहाँबाट बस्ती सार्नुको विकल्प छैन ।”

सोही क्षेत्रमा बसोबास गर्ने पीडित नागरिकहरुको जिउधनको सुरक्षा र राज्यको तर्फबाट नागरिकलाई उपलब्ध गराइने सेवा, सुविधाको पहुँच पु¥याउन र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई पनि कायम राख्न बस्ती स्थानान्तरण गर्न आबश्यक रहेको अध्यक्ष खत्रीले बताउनुभयो । पीडित नागरिक आक्रोसित हुँदै आगामी प्रतिनिधिसभाको निर्वाचनमा भोट नहाल्नेसमेत निर्णय गरेका थिए । अहिले त्यहाँका नागरिकको विद्रोहले गर्दा कुनै पनि उम्मेदवार भोट माग्नसमेत गएका छैनन् ।

विगतमा सोही ठाउँमा सबै जसो उम्मेदवारहरु भोट माग्न सोही ठाउँमा पुग्ने गर्थे । त्यहाँ सडक सञ्जालको पनि सहज पहुँच छैन । फोनले पनि राम्रोसँग काम गर्दैन । जङ्गली जनावरले बालीनाली खाइदिँदा पनि त्यसलाई छुन पनि नमिल्ने अवस्था रहेको छ । रासस