१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त

कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त
अ अ+ अ-

नोमपेन। सरकारको आलोचना गरेको आरोपमा जेलमा रहेका कम्बोडियाली विपक्षी पार्टीका पूर्व नेता शाही माफीपछि बुधबार रिहा हुनुभएको छ ।

नेशन पावर पार्टीका संस्थापक सन चान्थीलाई सन् २०२४ डिसेम्बरमा सामाजिक अराजकता निम्त्याएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो । कम्बोडियाली अधिकारीहरूले यो आरोप बारम्बार सरकारी आलोचकविरुद्ध प्रयोग गर्छन् ।

जापानमा समर्थकहरूसँगको भेटका क्रममा कम्बोडियाली सरकारको आलोचना गर्ने भिडियो क्लिपसहित उनको सामाजिक सञ्जाल पोष्टसँग उहाँको मुद्दा सम्बन्धित छ।

नेसन पावर पार्टीका सल्लाहकार रोङ चुनले राजा नोरोद्दोम सिहामोनीले आममाफी दिएपछि चान्थीलाई बुधबार बिहान पुर्सात प्रान्तको एक जेलबाट रिहा गरिएको बताउनुभयो ।

चुनले आफ्ना नेताको रिहाइको स्वागत गर्दै भन्नुभयो, “जेलमुक्त गरिएका चान्थीलाई उहाँकी श्रीमतीले जेलबाट बुझ्नुभएको थियो ।

परम्परागत रूपमा सरकारको अनुरोधमा कब्बोडियाका राजाले शाही माफी जारी गर्ने परम्परा रहेको छ । चुनले रिहाइको पुष्टि गर्दै भन्नुभयो, “चान्थीको समय अगावै भएको रिहाइको लागि कुनै कारण दिइएको छैन।”

लामो समयदेखि विपक्षी नेता र मजदुर कार्यकर्ता रहेका रोङ छुन आफैँले गत वर्ष यस्तै उक्साएको आरोपमा चार वर्षको जेल सजाय पाएपछि मुद्दाबारे अपिल गरिरहनुभएको छ।

सन् २०२४ मा उहाँले भूमि विवादका पीडितहरूलाई भेटेपछि र प्रधानमन्त्री हुन मानेटको भियतनामको सीमामा रहेको क्षेत्रमा टिप्पणी गरेपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो।

चुनले बुधबार उहाँविरुद्धको आरोप फिर्ता लिन र जेलमा रहेका दलका अन्य कार्यकर्ताहरूको रिहाइको माग गर्नुभएको छ ।

अधिकारवादी समूहहरूले लामो समयदेखि कम्बोडियाको सरकारले कानुनी मुद्दालाई विपक्षी आवाज र वैध राजनीतिक असहमतिलाई दबाउन रणनीतिको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

नेता हुन सेनले करिब चार दशकको शासनपछि राजीनामा दिएपछि उहाँका छोरा हुन मानेटले सन् २०२३ मा सत्ता सम्हाल्नुभएको थियो । (रासस/एएफपी)