३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

परिवर्तनका लागि मत दिन आग्रह : अध्यक्ष लिङ्देन

परिवर्तनका लागि मत दिन आग्रह : अध्यक्ष लिङ्देन
फाइल फोटो
अ+ अ-

कास्की। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको शासन व्यवस्थामा नै समस्या रहेकाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

पोखरामा आज राप्रपाको चुनावी कोणसभामा उहाँले अहिलेकै व्यवस्था कायम राखेर देश विकास नहुने भएकाले राप्रपाले विकल्प खोजेको उल्लेख गर्नुभयो ।

“देशमा सुशासन भएन, राजनीतिक दलका नेताहरू भ्रष्टाचारमा रमाए भनेर सबैले भन्दै आएका छन् । राजनीतिक दल र नेतामा मात्र समस्या होइन, अहिलेको व्यवस्थामा नै समस्या छन्, परिवर्तनका लागि हामीलाई भोट दिनुहोस्”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र अहिलेको नयाँ राजनीतिक दल रास्वपामा समेत कुनै भिन्नता नभएको उहाँले जिकिर गर्नुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो, “गणतन्त्र, सङ्घीयता र  धर्मनिरपेक्षताको प्रस्तावक माओवादी हो । पुराना र नयाँ दलले गणतन्त्र, धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन् । यी सबै दलको विकल्प भनेको राप्रपा हो ।”

लिङ्देनले देशको समस्या समाधानका लागि सबैपक्ष मिलाएर नवीन समझदारी आवश्यक छ भन्नुभयो । उहाँले फागुन २१ गतेको निर्वाचनमा सोच विचार गरेरमात्र मतदान गर्न आग्रह गर्नुभयो ।

राप्रपाले आजै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कोणसभा आयोजना गरेको छ । सो सभालाई पार्टीका अध्यक्ष लिङ्देनसहित क्षेत्र नं १ का उम्मेदवार बाबुराम थापा, क्षेत्र नं २ का उम्मेदवार हेमजङ गुरुङ र क्षेत्र नं ३ का उम्मेदवार अर्जुन खनालले सम्बोधन गर्नुभएको थियो । रासस