१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निर्वाचन रिपोर्टिङ र आचारसंहिताबारे पत्रकारलाई अभिमुखीकरण

निर्वाचन रिपोर्टिङ र आचारसंहिताबारे पत्रकारलाई अभिमुखीकरण
अ अ+ अ-

गण्डकी। निर्वाचनका बेला पत्रकारितालाई थप जिम्मेवार र मर्यादित बनाउन गण्डकी प्रदेशका पत्रकारलाई निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा अभिमुखीकरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

निर्वाचनको पारदर्शिताका लागि पत्रकारले सूचनाको पहुँच र व्यापकता वृद्धिमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना प्रवाह भइरहेकाले त्यसलाई चिर्दै सत्यतथ्य सूचना नागरिकसामु पुर्‍याउने दायित्व आमसञ्चारमाध्यम र पत्रकारको हो”, मुख्य निर्वाचन अधिकृत बेल्वासेले भन्नुभयो, “लोकतन्त्रको आधारशिला निर्वाचन भएकाले यसलाई हामी सबै मिलेर सफल पार्नुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिता पालनामा पत्रकार सजग हुनुपर्ने धारणा राख्नुभयो । आचारसंहिता पालनाको विषय पेसागत मर्यादासँग जोडिएको विषय भएकाले यसको उल्लङ्घन हुँदा पत्रकारको पेसा नै सङ्कटमा पर्ने उहाँको भनाइ छ । अध्यक्ष शर्माले पत्रकारले समाचार लेख्दा जहिल्यै सत्यतथ्य, सन्तुलित र विश्वसनीयतालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले पत्रकारलाई निर्वाचनका अवधिमा रिपोर्टिङका लागि सहज पहुँच दिलाउन निर्वाचन आयोगलगायत सम्बद्ध निकायमा समन्वय भइरहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले निर्वाचनका बेला सञ्चारमाध्यम र पत्रकारबाट भएका आचारसंहिता उल्लङ्घनका घटनामा परेका उजुरीको छानबिन गरी सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधिएको बताउनुभयो । पत्रकारहरूले सामाजिक सञ्जालमार्फत पनि आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै काउन्सिलमा उजुरी र गुनासो आउनेक्रम बढेको उहाँको भनाइ छ ।

“आचासहिंता उल्लङ्घनका घटनामा काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ”, सदस्य लामिछानेले भन्नुभयो ।

प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले समाचार सङ्कलनमा पत्रकारलाई मतदानस्थलमा सहज पहुँचको व्यवस्था गरिने बताउनुभयो । निर्वाचनको स्वच्छता र पारदर्शिताका लागि पत्रकार र आमसञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

प्रदेशका ११ वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइ मतदानस्थलमा खटाउने तयारी भइरहेको प्रमुख ढकालले बताउनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष शर्मा र सचिव प्रकाश धौलाकोटीले निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा सहजीकरण गर्नुभएको थियो । पत्रकार सधैँ आचारसंहितामा बस्नुपर्ने भए पनि निर्वाचनकाबेला रिपोर्टिङ गर्दा पत्रकारले थप संवेदनशीलता अपाउनुपर्ने सचिव धौलाकोटीले बताउनुभयो । कार्यक्रममा सामाजिक सञ्जालको सही प्रयोगका सम्बन्धमा पनि पत्रकारलाई अभिमुखीकरण गरिएको थियो ।

सहभागी पत्रकारले आचारसहिंतालगायत विषयमा समूहगत अभ्यास गरी प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा पोखरामा क्रियाशील पत्रकारसहित महासङ्घका प्रदेश र जिल्ला शाखाका अध्यक्ष, पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

महासङ्घले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।  रासस