६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनीप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । अष्ट्रेलियामा भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गहिरो दुःख प्रकट गरेका छन् । सोमबार परराष्ट्रमन्त्री ज्ञवालीले आगलागीबाट मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई समवेदना सन्देश पठाएका हुन् ।

आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ भन्नेमा आफू विश्वस्त रहेको मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।

पाँच दिनदेखिको आगलागीका कारण २५ भन्दा बढीको मृत्यु भइसकेको छ । १५ सय भन्दा बढी घर जलेका छन् भने ५० करोड जनावर जलेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।