१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सम्भावित क्षति न्यूनीकरण गर्न स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

सम्भावित क्षति न्यूनीकरण गर्न स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण
अ अ+ अ-

कञ्चनपुर। जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत रु ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो ।

नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी छनोट गरी काम अघि बढाइएको छ ।

उहाँका अनुसार वडा नं १ मा १२५ मिटर, वडा नं १२ मा १२५ मिटर, वडा नं ५ मा ८० मिटर र वडा नं ६ मा ८० मिटर तटबन्ध निर्माण भइरहेको छ । निर्माणको जिम्मा न्यू बम्बादेवी प्रालिलाई दिइएको छ । हाल निर्माण तीव्रगतिमा सञ्चालन भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

“एक महिनाभित्र तटबन्ध निर्माण सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माणपछि नदीले गर्दै आएको भूक्षय नियन्त्रण हुनुका साथै बस्ती र कृषियोग्य जमिन जोगाउन सहयोग पुग्नेछ ।” स्याली नदीले बर्सेनि वर्षायाममा बहाव बढाउँदा तट क्षेत्रका बस्ती र खेतीयोग्य जमिन कटान गर्ने समस्या दोहोरिँदै आएको छ । विशेषगरी वडा नं १, ५, ६ र १२ का विभिन्न टोल उच्च जोखिममा पर्दै आएका थिए ।

नगरपालिकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमै तटबन्ध निर्माण अघि बढाएको जनाएको छ । यसबाट बस्ती संरक्षण, कृषि उत्पादनको सुरक्षा तथा दीर्घकालीन रूपमा नदी व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले तटबन्ध निर्माण सुरु भएपछि राहत महसुस गरेको बताएका छन् । वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्न समयमै काम सुरु हुनु सकारात्मक भएको उहाँहरूकोे भनाइ छ । रासस