१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चारघरेमा श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा

चारघरेमा श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा
अ अ+ अ-

काठमाडौँ। कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा आठौँ वा नवौँ शताब्दीको मौलिक कलाका विशेषतायुक्त श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ ।

विसं २०७२ को भूकम्पबाट त्यहाँस्थित जालन्धर शक्तिपीठलाई क्षति पुगेको थियो । विसं २०७५ फागुनदेखि पुनर्निर्माणका क्रममा चैत १६ गते जलहरीसहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो ।

केही भाग टुटेको अवस्थामा भेटिए पनि मूर्तिमा विष्णुको दुईतिर नाग राखिएको पाइएको थियो । त्यसबारे पुरातत्वविद् उद्धव आचार्यले अनुसन्धान गरी उक्त मूर्ति तत्कालीन समयकै विश्वस्वरुपको मूर्ति हुनसक्छ भनी प्रारम्भिक प्रतिवेदन पेस गर्नुभएको थियो । यस सम्बन्धमा विभागले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

श्रीधर विष्णुको मूर्ति पाउनुअघि त्यहाँ जालन्धर पीठमा जालपादेवी मन्दिर प्रसिद्ध थियो । उक्त मन्दिर भूकम्पले भत्किएपछि पुनर्निर्माणका क्रममा श्रीधर विष्णुको मूर्ति भेटिएपछि नयाँ मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गरिएको बृहत् चारघरे धार्मिक समितिका सविच विनोद बस्नेतले राससलाई जानकारी दिनुभयो ।

विसं २०७६ वैशाख २७ गतेदेखि पुरातत्व विभागले उत्खनन कार्य सञ्चालन गरेकामा मन्दिर तथा सत्तलको भग्नावशेष प्राप्त भएको उहाँले बताउनुभयो । “मूर्ति समितिको संरक्षणमा राखिएको छ । स्थानीयले विष्णु मन्दिर निर्माण गरी पूजाआजा चलाउन माग गरेका थिए ।

हालसम्म देखिएका श्रीधर विष्णुको मूर्तिमा दायाँबायाँ लक्ष्मी र गरुडको आकृति हुन्छ । चारघरेमा भेटिएको मूर्तिमा भने दूई नाग कन्यासमेत भएकोले यो मूर्ति र मन्दिर विशेष रहेको छ”, सचिव बस्नेतले भन्नुभयो । समितिको पहलमा कीर्तिपुर नगरपालिकाले रु १२ लाख बजेट विनियोजन गरी पुरातात्विकस्थललाई असर नपर्ने गरी जालपादेवी मन्दिर प्राङ्गणमा नै विष्णु मन्दिर निर्माण गरिएको छ ।

मन्दिरको डिजाइन कीर्तिपुर–६ का प्राविधिक प्रभाष महर्जनले गर्नुभएको हो । विष्णु मन्दिरको संरचना नगरपालिकाको आर्थिक सहयोगमा बने पनि मूर्ति निर्माण तथा अन्य व्यवस्थापन गर्न स्थानीयले चन्दा सङ्कलन गरेका थिए । रासस