१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र हजार बढी सुरक्षाकर्मी परिचालन



अ+ अ-

सुर्खेत।  कर्णालीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मीहरू चुनावमा परिचालन गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार सो सङ्ख्यामा प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएको बताउनुभयो ।

पाँच हजार ५८० नेपाल प्रहरी र नौ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् । कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा नेपाली सेनाले लिएको छ ।

यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो । कर्णालीमा रहेका सुर्खेत, रुकुम पश्चिम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका छ वटा विमानस्थल र नौ वटा कारागारको सुरक्षामा सेना खटिसकेको शाहले बताउनुभयो ।

कर्णालीमा १० लाख ३७ हजार २५० जना कुल मतदाता रहेका छन् । नौ सय ४१ मतदानस्थल र १४ सय ३७ मतदान केन्द्रहरू रहेका छन् । रासस