२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायीलाई रविको जवाफः डोरीले होइन,कानूनले बाँध्ने भनेको हो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

मंगलवार ईटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गर्दै अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिनुभयो ।

सभापति लामिछानेले अब कानूनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभई कानूनले नै बाँधेर काम गराइने बताउनु भयो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले बाटो नबनाउँने निर्माण व्यवसायीलाई रुखमा बाँधेर काममा लगाउने अभिव्यक्ति दिनुभएको थियो । साहको अभिव्यक्ति विरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएपछि सभापति लामीछानेले प्रष्टीकरण दिनुभएको हो । उहाँले अब देश विकास निर्माणको बाटोमा अघि बढ्ने भएकोले सुरक्षाको चिन्ता नगरी उपकरण खरिदमा लाग्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रास्वपाले आफ्ना कुरा राख्दै गर्दा कतिपय मानिसहरु आत्तिएको देखिएको छ । म निर्माण व्यवसायीलाई विज्ञेप्ती निकाल्न पर्दैन, ठूलाठूला इक्युपमेन्ट कसरी खरिद गर्ने हो, रातारात विकास कसरी गर्ने हो त्यतातिर लाग्नुस्, विज्ञप्ति निकाल्न पर्दैन भन्न चाहन्छु । अब देश विकास निर्माणको बाटोमा अगाडी बढ्दैछ । बाँध्ने भनेको कानूनले भनेको हो, मान्छेलाई डोरीले बाँध्ने भनेको होइन । कानूनले बाँधेर काम गराउने भनेको हो, कानूनले नै बाँध्ने हो । २० वर्ष सांसद मन्त्री भएपछि बल्ल बाटो बनाउन कानून फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईहरुलाई, तपाईहरुको ज्ञान तपाईसंगै राख्नुहोला । म सबै निर्माण व्यवसायी भन्न चाहन्छु । दुई÷तीन सिफ्टमा काम हुन्छ । रातरात काम हुन्छ । तपाईसंग भएका उपकरणहरु पर्याप्त छैनन् होला, विज्ञप्ति निकाल्न पर्दैन के के उपकरण ल्याउने हो, कसरी ल्याउने हो, त्यसको तयारी गर्नुस् । अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले थेग्न सक्दैन ।’ 

उहाँले नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई लक्षित गर्दै दुई दशकसम्म सत्ता र पदमा बसेका बेलामा काम गर्ने र अहिले आएर मात्रै सडक निर्माणका लागि कानून फेर्नुपर्ने ज्ञान आएको टिप्प्णी गर्नुभयो ।