१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण सुरु

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण सुरु
अ अ+ अ-

दाङ । जिल्लामा आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारिएको छ ।

प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका निकायले चुनावी तयारीलाई तीव्र पारेका हुन् ।

प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनका लागि दुई हजार बढी कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबीच प्रदेश निर्वाचन कार्यालय दाङ र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण सुरु गरेको छ । निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गराउन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिन थालिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद पण्डितले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएकाले मतदानस्थलमा सुरक्षा मजबुद बनाउन सबै तहबाट काम गर्नुपर्ने बताउनुभयो ।

दाङ क्षेत्र नं २ मा ४९ वटा मतदानस्थल र १५५ मतदान केन्द्र छन् । पन्ध्र जना राजनीतिक र आठ स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यसैगरी क्षेत्र नं ३ मा ५६ मतदानस्थल, १६९ मतदान केन्द्र छन् । एक लाख ५० हजार ७२० मतदाता रहेका यहाँ राजनीतिक दलका १५ र २३ जना स्वतन्त्र उम्मेदवार छन् । दाङमा कुल चार लाख ३१ हजार ६८७ मतदाता कायम छन् । १५९ मतदानस्थल र दुईवटा अस्थायी गरी ४७९ मतदान केन्द्र रहेका छन् । रासस