१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हिउँ पन्छाएर नार्पाभूमि जाने बाटो खुलाइयो

हिउँ पन्छाएर नार्पाभूमि जाने बाटो खुलाइयो
अ अ+ अ-

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी छ । हालसम्म सडक सञ्जालको पहुँच नपुगेको मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटो बाक्लो हिउँ जमेर बन्द भएको थियो ।

हाल उक्त हिउँ पन्छाएर बाटो खुलाइएको छ । आसन्न निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले पाँच दिन खटिएर यहाँको हिउँ पन्छाएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।

मौसमबाहेक मनाङमा अन्य चुनौती नरहेको उहाँले बताउनुभयो । “हामीलाई अप्ठ्यारो भयो भने मौसम नै हो । प्राकृतिक समस्याबाहेक मानव सिर्जित समस्या छैन”, उहाँले भन्नुभयो, “तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा  छौँ । अन्य कारणले चुनाव रोकिने छैन ।” नार्पाभूमिका पाँच वडामा ४८८ मतदाता छन् ।

बाटो खुले पनि गाउँले गाउँ फर्किएका छैनन् । जाडो छल्न काठमाडौँ, पोखरा बेँसी झरेका अधिकांश मतदाता फर्किने क्रममा रहेको पौड्यालले बताउनुभयो । “अहिले गाउँमा चौँरी गोठाला र केही ज्येष्ठ नागरिक मात्रै हुनुहुन्छ । काठमाडौँ बस्ने मतदाता १४÷१५ गतेतिर गाउँ फर्किने जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “गाउँले नहुँदा हामी पनि जान सक्ने अवस्था छैन । गाउँले फर्किएपछि जाने तयारीमा छौँ ।”

निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले  मतदान अधिकृत र सहायक कर्मचारीलाई तालिम दिएपछि सुरक्षा घेरासहित मतपत्र र मतपेटिका सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले मतदातालाई गाउँ फर्काउन प्रयास भइरहेको जानकारी दिनुभयो । “अधिकांश मतदाता काठमाडौँमै हुनुहुन्छ । चौधदेखि १७ गतेसम्ममा सबै मतदाता गाउँ फर्कन अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “परिवारका एक जना सदस्य अनिवार्य रुपमा फर्कन सुझाव दिएका छौँ ।”

यहाँ नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट यशोदा सुवेदी र मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले उम्मेदवार छन् ।

यसअघि एमाले र राप्रपाले समेत उम्मेदवारी दिएकामा कांग्रेसलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका थिए । मनाङमा यस निर्वाचनमा महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ गरी कूल सात हजार मतदाता कायम छन् । २९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस