१४ असार २०८३, आईतवार
,
Latest
मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या १९ पुग्याे, २५ घाइतेको उपचार हुँदै



अ+ अ-

काठमाडाैँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ भैसीगौडा स्थित पृथ्वी लोकमार्गमा गएको बस दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते उपचाररत छन्।

पोखराबाट काठमाडौँ तर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदिको किनारमा खसेको थियो।

दुर्घटना घटेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, बेनिघाट लगायतका प्रहरी इकाईहरु, नेपाली सेनाको भैरव गण गजुरी, सशस्त्र प्रहरी बलको बिपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका गोताखोर सहितको उद्दार टोली र स्थानिय जनताको सहकार्यमा उद्धारकार्य सुरु गरिएको थियो।

उद्धारपछि घाइतेहरू मलेखु स्थित राजमार्ग सामुदायिक अस्पताल, शिक्षण अस्पताल मलेखु, जिल्ला अस्पताल धादिङवेशी लगायतमा पठाइए। गम्भीर घाइतेहरू थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, नेशनल मेडिकल कलेज कलंकी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएका छन्।

बसमा चालकसहित ४४ जना सवार थिए, जसमा २९ पुरुष र १५ महिला रहेका थिए। प्रहरीले दिएको विवरण अनुसार ट्रमा सेन्टरमा १४ जना, नेसनल मेडिकल कलेज कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पतालमा १ जना गरी २५ जना घाइते उपचाररत छन्।