१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एभोकाडोमा खटिराजन्य रोगको समस्या

एभोकाडोमा खटिराजन्य रोगको समस्या
अ अ+ अ-

चितवन। जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ ।

जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो ।

उहाँले भन्नुभयो “अहिले यो रोगको समस्या देखिएको छ । हामीले परीक्षणका लागि पठाएका छौँ ।” उहाँले भन्नुभयो “चितवनमा पहिलो पटक यो रोगको समस्या देखिएको हो ।” यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ । माटो र पानीबाट जीवाणु सर्ने गर्दछन् ।

उहाँका अनुसार यो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बुटै मर्ने जस्तो समस्या आउने गर्दछ । बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्न, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउन उहाँले सुझाव दिनुभयो ।

बागवानी विकास अधिकृत चौहानले भन्नुभयो “बगैँचा सरसफाइमा ध्यान दिने, घाउचोट कम लगाउने, सिँचाइमा ध्यान दिने जस्ता कार्य गर्न सके यो रोगबाट बगैँचालाई जोगाउन सकिने छ ।” रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोगाडो खेती गरिँदै आइएको छ । उहाँका अनुसार सो क्षेत्रफलमा ५१ मेट्रिकटन एभोगाडो उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । विगत केही वर्षदेखि चितवनमा यो खेती हुन थालेको हो । रासस