१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हमासको नयाँ नेतृत्व चयन अन्तिम चरणमा

हमासको नयाँ नेतृत्व चयन अन्तिम चरणमा
अ अ+ अ-

काएरो। प्यालेस्टिनी इस्लामिक आन्दोलन (हमास) नयाँ नेता चयनको अन्तिम चरणमा पुगेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।

एएफपीलाई दिइएको जानकारी अनुसार नेतृत्वका लागि दुई प्रमुख व्यक्तित्वहरू प्रतिस्पर्धा गरिरहेका छन्।

हमासले भर्खरै धार्मिक विद्वानहरू मिलेर बनेको परामर्श निकाय अर्थात् नयाँ राजनीतिक ब्यूरो, शूरा काउन्सिलको नयाँ समिति गठन पूरा गरेको छ ।

हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा दुई पूर्व प्रमुखसहित हमासका धेरै नेताहरूको मृत्यु भएको छ।

“आन्दोलनले तीन क्षेत्रमा आन्तरिक निर्वाचन सम्पन्न गरिसकेको छ र राजनीतिक ब्यूरोको प्रमुख छनौटको अन्तिम चरणमा पुगेको छ,” नाम नबताउने सर्तमा ती अधिकारीले भने ।

उनले थपे, “समूहको नेतृत्वको दौड अब खालिद मेशाल र खलील अल–हयाको बीचमा छ।” हमासको दोस्रो स्रोतले यो घटनाक्रमको पुष्टि गरेको छ ।

गत महिना अमेरिकाको मध्यस्थतामा युद्धविराम दोस्रो चरणमा प्रवेश गरे पनि गाजामा हिंसा जारी छ, इजरायल र हमासले सम्झौताको उल्लङ्घन गरेको आरोप एक अकौमाथि लगाउने गरेका छन् ।

परिषदका सदस्यहरू प्रत्येक चार वर्षमा हमासका तीन शाखाहरू गाजा पट्टी, कब्जा गरिएको वेस्ट बैंक र आन्दोलनको बाह्य नेतृत्वका प्रतिनिधिहरूद्वारा निर्वाचित हुन्छन्।

इजरायली जेलमा रहेका हमासका कैदीहरू पनि मतदान गर्न योग्य छन्। परिषद्को गठनपछि राजनीतिक ब्यूरो चयन गरिनछ, जसले आन्दोलनको प्रमुख चयन गर्दछ।

हमासको तेस्रो स्रोतका अनुसार नयाँ नेताले केवल ‘संक्रमणकालीन अवधि’ अर्थात् आगामी एक बर्षका लागि नेतृत्व गर्नेछ । “हजारौं हमासका सदस्यहरूले काउन्सिल र राजनीतिक ब्युरो छनौट गर्ने पक्षमा मतदान गरेका छन्”, मतदान कसरी सम्पन्न भयो भनेर निर्दिष्ट नगरी स्रोतले भन्यो ।

स्रोतले भन्यो, “यो प्रक्रियाको प्राथमिक लक्ष्य आन्तरिक वैधानिकता नवीकरण गर्नु र नेतृत्वको रिक्त पदहरू भर्नु होे।” नयाँ नेताले संयुक्त राज्य अमेरिका र इजरायलको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आह्वानहरू र गाजामा इजरायली सेनासँग लडेको आफ्नो सशस्त्र शाखाको त्यो मागको प्रतिरोध गर्न बहस गर्नुपर्नेछ।

तर हमासले केही सर्तमा आफ्ना हतियार गाजामा रहेको प्यालेस्टाइनी अधिकारीसमक्ष बुझाउने बताएको छ ।मेशाल र हया दुवैसँग हमास आन्दोलनको वर्षौंको अनुभव छ।

गाजाका बासिन्दा तथा युद्धविरामका वार्तामा हमासका प्रमुख वार्ताकार रहेका ६५ वर्षीय हयाले सन् २००६ देखि वरिष्ठ जिम्मेवारीमा रहेका अमेरिकी गैरसरकारी संस्था ‘काउन्टर एक्सप्रिमिज्म प्रोजेक्ट (सिइपी)’ ले जनाएको छ ।

सन् २००४ देखि २०१७ सम्म पोलिटिकल ब्युरोको नेतृत्व गरेका मेशाल कहिल्यै गाजामा बसेको अनुभव भने छैन । उहाँको जन्म सन् १९५६ मा वेस्ट बैङ्कमा भएको थियो ।उहाँ कुवेतमा हमास आन्दोलनमा सामेल हुनुभएको थियो र पछि जोर्डन, सिरिया र कतारमा बस्नुभएको थियो । सिइपी भन्छ, “उहाँले हमासको राजनीतिक–सैन्य विकासको नेतृत्व गर्नुभएको थियो ।

उहाँ अहिले हमास आन्दोलनको विदेशी कार्यालयको प्रमुख हुन्हुन्छ । गत महिना हमासको एक स्रोतले एएफपीलाई बताएअनुसार हयालाई समूहको सशस्त्र शाखा एजेदिन अल–कासिम ब्रिगेडको समर्थन प्राप्त छ ।(रासस/एएफपी)