११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

पार्टीको घोषणापत्र प्रत्येक वडा तहसम्म पुर्‍याउनुपर्छ : पूर्व प्रधानमन्त्री खनाल

पार्टीको घोषणापत्र प्रत्येक वडा तहसम्म पुर्‍याउनुपर्छ : पूर्व प्रधानमन्त्री खनाल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रत्येक वडा तहसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिद्वारा आज आयोजित चुनावी प्रतिबद्धता अन्तरसंवाद कार्यक्रममा उहाँले पार्टीले उठाउँदै आएको सुशासन, आत्मनिर्भर अर्थतन्त्र, रोजगारीका विषयमा राजनीतिक कार्यक्रम तथा प्रतिबद्धता जनतालाई राम्रोसँग बुझाउन सक्नुपर्ने बताउनुभयो ।

मुलुकमा विद्यमान सबै प्रकारका सङ्कटमा समाधान गर्न नेपाली कम्युनिष्ट पार्टी सक्षम रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री खनालले देश र जनताको हितमा समर्पित आफ्नो पार्टीलाई निर्वाचनमा जनताले मूल्याङ्कन गरेर अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार खोजी गर्न, भागेका बन्दी पक्राउ गर्न सरकारलाई आग्रह गर्दै उहाँले नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा जुट्न र आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गर्नुभयो ।

निर्वाचनका प्राविधिक विषयमा विभिन्न दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको बताउँदै उहाँले अन्य दल र नेताबाट निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन समाजवादीका अध्यक्ष प्राडा गोविन्द सुवेदी, पेसाकर्मी निर्वाचन मूल परिचालन समितिका संयोजक विष्णुपुकार श्रेष्ठले तारा चिह्न बाहक काठमाडौँ उपत्यकाका उम्मेदवालाई स्वागत तथा निर्वाचनमा बुद्धिजीवी एवं पेसाकर्मीको भूमिका र नेपाली कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रमबारे धारणा राख्नुभयो ।

निर्वाचन प्रचारप्रसारका लागि समितिबाट ‘बुद्धिजीवी पेसाकर्मीको आह्वान, तारा चिन्हमा मतदान गरौँ’ भन्ने अपिल प्रकाशित भएको छ । उक्त अपिल १६४ वटै निर्वाचन क्षेत्रमा वितरण गर्ने, प्रचारप्रसारका थप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सबै निर्वाचन क्षेत्रका बुद्धिजीवी एवं पेसाकर्मीले सामूहिक तवरबाट परिचालित हुने गरी कार्यक्रम तय गरिएको छ । रासस