११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

आचार्यको ‘ड्रेपरी अफ टाइम’ कविता सङ्ग्रह सार्वजनिक

आचार्यको ‘ड्रेपरी अफ टाइम’ कविता सङ्ग्रह सार्वजनिक
अ अ+ अ-

काठमाडौँ। पुष्पराज आचार्यको कविता सङ्ग्रह ‘ड्रेपरी अफ टाइम’ प्रकाशनमा आएको छ । बज्र बुक्सले आज काठमाडौँमा कार्यक्रम आयोजना गरी उक्त कविता सङ्ग्रह सार्वजनिक गरेको हो ।

प्रा डा अभि सुवेदी र कवि तीर्थ श्रेष्ठले आचार्यद्वारा लिखित कृति सार्वजनिक गर्दै समीक्षासमेत गर्नुभएको छ । डा सुवेदीले आचार्यका रचनामा अन्तर मनका भावहरू शब्दमा उतारिएको बताउनुभयो ।

उहाँले कविता लयमय हुनसके मात्र मीठा अनुभूति हुने बताउँदै आचार्यका रचनामा उत्साह, भाव, भोगाइसँगै आध्यात्मिक दर्शनको समेत मिश्रण भएको बताउनुभयो । “जति विषयलाई सरल शैलीमा लेख्न सक्नु आचार्यको कविता लेखन खुबी हो”, उहाँले भन्नुभयो, “उहाँको कविता लयमय छ ।”

त्यस्तै, कवि श्रेष्ठले आचार्यको कवितामा परिपक्वता झल्किएको बताउनुभयो । “युवा, पाका दुवै पुस्ताको मनोविज्ञानलाई समेट्ने खालका उहाँका रचनाहरूले पाठक तान्न सक्षम छ”, उहाँले भन्नुभयो, “आचार्यले शब्द होइन, कवितामा भाव बुन्नुभएको छ । भाव बुन्न सक्नु नै कविको सामथ्र्य हो ।”

अध्ययनको सिलसिलामा विदेशमा रहँदै आउनुभएका आचार्यको कविता यात्रा भने छन्द लयबाट सुरु भएको छ । डा सुवेदी भन्नुहुन्छ, “मैले देखेका र महसुस गरेका भावना नै मेरा कविता हुन् ।” बज्र बुक्सका प्रकाशक विदुर डङ्गोलले आचार्यका कविताले अङ्ग्रेजी कविता साहित्यमा प्रशस्त सम्भावना बोकेको बताउनुभयो । रासस