११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने
अ अ+ अ-

काठमाडौँ।  नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ ।

नेबाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने जानकारी दिइएको हो ।

बत्तीस दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पहिलो संस्करणमा च्याम्पियन बनेको टाइम्स इन्टरनेसनल कलेजसँगै उपविजेता गोल्डेनगेट इन्टरनेसनल कलेज, तेस्रो भएको हाउण्ड्स र चौथो भएको कीर्तिपुरसहित त्रिभुवन आर्मी क्लब, सोलो बास्केटबल, रोएल र प्लेबक्स एरेनाले प्रतिस्पर्धा गर्नेछन् ।

आर्मी, सोलो, रोएल र प्लेबक्स गत पुसमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको शीर्ष चारमा रहेर दोस्रो संस्करणको नेसनल बास्केटबल लिगको लागि छनोट भएका हुन् । डबल राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगितामा लिग चरणमा कूल ५६ खेल हुनेछन् । लिगमा शीर्ष चारमा रहने टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन् ।

त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिनुभयो । नेपाली बास्केटबलको व्यावसायिक संरचना विकास गर्नु र खेलाडीलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्यका साथ यो लिग आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेताले रु चार लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ‘मोस्ट भ्यालुएबल प्लेअर’ (एमभिपी) घोषित हुनेलाई आकर्षक पुरस्कार राखिएको नेबाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।  रासस