११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु–तस्बिरहरू



अ+ अ-

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘वागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ काठमाडौंमा शुरु भएको छ ।

यो प्रदर्शनी अन्य प्रदेशहरूमा सम्पन्न भएपछि वागमती प्रदेशको लागि अन्तिम चरणमा आयोजना गरिएको हो ।

प्रदर्शनीमा वागमती प्रदेशका सयौं कलाकारहरूका चित्रकला, मूर्तिकला, परम्परागत कला, समकालीन सिर्जना, हस्तकला तथा अन्य बहुआयामिक कलाकृतिहरू समावेश गरिएका छन् । यसमा २३० भन्दा बढी कलाकृतिहरू प्रदर्शनमा राखिएको बताइएको छ । प्रदर्शनीले प्रदेशका मौलिक, रैथाने तथा आधुनिक कलाहरूलाई एकै ठाउँमा प्रश्तुत गर्दै नेपाली ललितकलाको विविधता र सौन्दर्यलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यो प्रदर्शनीलाई प्रादेशिक स्तरको कलाकारहरूको सिर्जनालाई राष्ट्रिय मञ्चसम्म पु¥याउने महत्वपूर्ण पुलको रूपमा लिएको छ । यसबाट छनोट हुने उत्कृष्ट कलाकृतिहरू पछि हुने राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ मा समावेश हुनेछन् । प्रदर्शनी अवधिभर दर्शकहरूले विभिन्न विधाका कलाकृतिहरूको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । यो आयोजनाले स्थानीय तथा प्रादेशिक कलाकारहरूलाई प्रोत्साहन दिनुका साथै नेपाली कलाक्षेत्रमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा जारी रहनेछ ।

 तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल