१९ श्रावण २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक समस्याको समाधान निर्वाचनले मात्र गर्न सक्दैन: गोपीबहादुर सार्की



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले आगामी निर्वाचनले मात्रै मुलुकको विद्यमान राजनीतिक समस्याहरूको पूर्ण समाधान गर्नेमा आशंका व्यक्त गर्नुभएको छ ।

निर्वाचनका क्रममा मतदाताहरूको मनोविज्ञान र आवश्यकतालाई नजिकबाट नियाल्दा राजनीतिक स्तरमै समस्याको निकास खोजिनुपर्ने उहाँको तर्क छ । निर्वाचनको सिलसिलामा विभिन्न क्षेत्रका मतदाता र विशेषगरी युवाहरूसँगको अन्तक्रियापछि सदस्य सार्कीले संविधान निर्माण र राज्यको पुनर्संरचना भए पनि व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको बताउनु भयो ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले नयाँ र पुराना दुवै पुस्ताका मतदाताहरूको मनोविज्ञान बुझ्दा अहिलेको चुनावले मात्रै सबै राजनीतिक समस्या हल नगर्ने महशुस गरेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार राज्यको केन्द्रीकृत ढाँचा तोडिएर उत्पीडित मधेसी, मुस्लिम, कर्णाली, जनजाति, दलित र महिलाहरूले अधिकार पाए पनि कानुन निर्माणमा रहेको सुस्तताले गर्दा उनीहरूले राज्यको वास्तविक अपनत्व पूर्णरूपमा महशुस गर्न पाएका छैनन् । संविधानले जनतालाई राज्यको मालिक बन्ने ठाउँसम्म पु¥याए पनि विधि निर्माणको जटिलताले उपलब्धिहरू ओझेलमा परेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म अहिले निर्वाचनकै क्रममा जनसमुदायहरूको, मतदाताहरूको बीचमा पनि गइराखेको छु। नयाँ युवा साथीहरूको बीचमा पनि गइराखेको छु। पुराना साथीहरूको मनोविज्ञान पनि बुझिराखेको छु। मतदाताको मनोविज्ञान पनि बुझिराखेको छु र नयाँ साथीहरूको माग, आवश्यकतालाई पनि बुझिराखेको छु । यो स्थिति हेर्दाखेरी अझै पनि मलाई के लाग्छ भने यो चुनावले पनि राजनीतिक हिसावलेसमस्याको समाधान गर्छ जस्तो मलाई लागिराखेको छैन । तर मेरो निवेदन के छ भने राजनीतिक हिसावले समस्याको समाधान हुनुपर्छ। अब देशमा जुन खालको परिस्थिति बन्यो, हामीले संविधान बनायौँ, राज्य परिवर्तन भयो, केन्द्रीयता तोडियो र जनताहरूलाई विशेष गरेर उत्पीडित मधेसी, मुस्लिम, कर्णाली, जनजाति, दलित र महिलालाई यो राज्यको मालिक बन्ने ठाउँसम्म यो एक किसिमको आन्दोलनले देशलाई त्यहाँ पु¥यायो । तर त्यसको व्यवहारिक हिसावको कार्यान्वयनका केही जटिलताहरू भनेको कानून निर्माणकै जटिलता हो, विधि निर्माणकै जटिलता हो र यो जटिलता हामीले हल गर्न सकेनौँ र अबका दिनहरूमा नयाँ चुनावपछि आउने सरकारले त्यसमा तदारुकता देखाउन आवश्यक छ, एक ।’

उहाँले अब बन्ने नयाँ सरकारले कानूनी र विधिगत जटिलताहरूलाई हल गर्न विशेष तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।