१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसमा हस्तमैथुन गरेको भिडियो बनाउने युवक पक्राउ



अ+ अ-

काठमाडौं । सार्वजनिक बसमा एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो बनाइ भाइरल बनाउने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर घर भएर काठमाडौं बस्ने रविन सार्की भनिने रविन रुचाल छन्।

झण्डै एक वर्षअघि ११ माघमा काठमाडौंको डल्लु–लगनखेल खेल चल्ने एक सार्वजनिक बसमा वीर्य निकालेर महिलाको कपालमा फालेको भिडियो भिडिओ सार्वजनिक गरेका थिए। तनहुँ घर भई चितवनमा लुक्दै आएका उनी तीन वर्ष काठमाडौंमा रिक्सा चलाउँदै आएका थिए।

चर्को आलोचना र फेसबुकबाटै उनलाई धम्की आएपछि उनी भारतको नयाँ दिल्ली हुदै कास्मिर पुगेका थिए।

कास्मिरपछि फेरि नयाँ दिल्ली गई काम गरेर केही महिनाअघि मात्र चितवन आएका बेला अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।