२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छाैं : मुख्यमन्त्री बानियाँ



फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्न खोजेको बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आज विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले काम गरेर खानेहरुको प्रदेश बनाउन खोजेको बताउनुभयो ।

शिक्षा क्षेत्रमा बागमती प्रदेशले एआईको युगलाई ध्यानमा राख्दै सीप, तालिम र रोजगारीसँग जोडिएको प्रविधिमैत्री शिक्षा प्रणाली अघि बढाइएको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।

नयाँ पुस्ताले रोजेको जस्तो र खोजेको जस्तो शिक्षालाई तत्काल पूरा गर्न नसकिए पनि प्राविधिक शिक्षालाई जोड दिइ त्यो मार्गमा लैजान सकिने उल्लेख गर्नुभयो । रासस




भर्खरै