११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग
अ अ+ अ-

काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो एक हप्तामा ठूला दुई दुर्घटना हुँदा दर्जनौँ व्यक्तिले अकालमा मृत्युवरण गर्नुपरेको भन्दै सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको हो ।

माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको पूर्व अरनीको यातायात रामेछापमा दुर्घटना हुँदा १२ जनाको र माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका थिए ।

महासङ्घले दुर्घटनामा निधन हुनुभएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कार्यवाहक महासचिव सिङ्खडाले देशभर भएका सडक दुर्घटनाको सत्यतथ्य छानबिन गरी सम्बन्धित पक्षलाई तत्काल राहत एवम् उद्धारको व्यवस्थाका लागि सरकारसँग माग गर्नुभयो ।

महासङ्घले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा नगराउनुको साथै यात्रु टिकट काट्दा अनिवार्य रूपमा पहिचान खुलेको प्रमाण र नाम, सम्पर्क नम्बर अनिवार्य उल्लेख गरी दैनिक रेकर्ड अद्यावधिक गर्न सबैमा आग्रह गरेको छ ।

महासङ्घले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा हिमाल, तराई, पहाडी ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कसैको प्रलोभनमा नपरी सिट क्षमता भन्दा बढी यात्रु नराखी सिट क्षमताभित्र मात्र यात्रु राखी यातायात सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।

सडक दुर्घटना पश्चात सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत विषयमा बनेका सडक दुर्घटना छानबिन प्रतिवेदन कार्यान्वयन नहुँदा दिन प्रतिदिन सडक दुर्घटनाको जोखिम बढ्दै गइरहेकाले नेपाल सरकारद्वारा गठित दुर्घटना अध्ययन प्रतिवेदनसमेत तत्काल कार्यान्वयनका लागि महासङ्घले अनुरोध गरेको छ । रासस