१५ असार २०८३, सोमबार
,
Latest
भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्छौंः मन्त्री इङ्नाम



फाइल फोटो
अ+ अ-

भक्तपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वको टोलीसगँको भेटमा आज उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनामा रहेको गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने बताउनुभएको हो ।

छलफलमा आवास योजनाको हालसम्मको भौतिक विकास तथा जग्गा प्रशासनसम्बन्धी प्रगतिबारे नगरप्रमुख प्रजापतिले मन्त्री इङ्नामलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार आवास योजनाको भौतिक पूर्वाधारअन्तर्गत सडक, ढल निकास, टेवा पर्खालको कार्य अन्तिम चरणमा रहेको र जग्गा प्रशासनतर्फ आयोजना क्षेत्रको सम्पूर्ण स्वीकृत नापी नक्सा तथा श्रेष्ताअनुसार हाल कायम भएको दुई हजार ४४४ कित्ता जग्गामध्ये एक हजार २८३ कित्ता जग्गा अर्थात् ५२ दशमलव ५० प्रतिशत विकसित घडेरी जग्गाधनीलाई फिर्ता गरिसकिएको छ ।

आयोजनाको एक हजार ६५३ रोपनी जग्गामध्ये ६८ रोपनी जग्गा गुठी अधीनस्थ रहेको र उक्त जग्गामा काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा १० को (१) १ अनुसार आयोजना व्यवस्थापन उपसमितिको निर्णयअनुसार योगदान प्रतिशत कट्टी गरेकामा गुठी संस्थानबाट उक्त निर्णय कार्यान्वयनमा समस्या भएको मन्त्री इङ्नामलाई उहाँले जानकारी गराउनुभयो ।

मन्त्री इङ्नामले राज्यबाट सञ्चालित विकास आयोजनाहरूमा गुठी जग्गा समस्या रहेको आफूलाई जानकारी गराउँदै समस्या समाधानका लागि छिट्टै नै ठोस निर्णय गर्ने बताउनुभयो ।

विसं २०७२ मा योजना स्वीकृत भई सञ्चालन भइरहेको देको मिवा इतापाके आवास योजनामा गुठी संस्थानले समस्या समाधानमा चासो नदिएको प्रमुख प्रजापतिले बताउनुभयो । रासस