२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन



अ+ अ-

म्याग्दी। पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो ।

करिब ११ हजार घरपरिवार किसानले पालेका १४ हजार १५९ गाई, २३ हजार ३२६ भैँसी, ४७ हजार १८६ बाख्रा, १४ हजार ७९१ भेडा, एक हजार ६६८ बङ्गुर, चार हजार ८७७ कुकुर बिरालो र ३७९ चौरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

गाईभैँसीलाई खोरेत र लम्की स्किन, भेडाबाख्रालाई पिपिआर, कुकुर, बिरालोलाई रेबिज र बङ्गुर÷सुगुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइने केन्द्रका प्रमुख गिरीले बताउनुभयो । बेनी नगरपालिका, धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सम्पन्न भएको छ । रघुगङ्गा र मङ्गला गाउँपालिकामा सुरु भएको छ ।

किसानका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति, पालिकास्तरमा जनप्रतिनिधि र अगुवा किसानलाई अभिमुखीकरण गरी खोप लगाउन प्राविधिकहरूलाई पचिालन गरिएको छ ।

पूर्ण खोप अभियानका लागि एउटा वडामा भूगोल र पशु सङ्ख्याका आधारमा दुईदेखि तीन जनाका दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएको किसानहरू बताउँछन् ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको बेनी नगरपालिका–३ डाडाखानीका किसान धनबहादुर श्रीसले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पशुमा पूर्णखोप अभियान चलाएको छ । रासस




भर्खरै