२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप : स्कटल्यान्डले क्यानडालाई ७३ रनले हरायो



अ+ अ-

आक्रामक ब्याट्सम्यान जर्ज मुन्सीको ८४ रनको मद्दतले स्कटल्यान्डले क्यानडालाई ७३ रनको फराकिलो जित निकालेको छ ।

समूह सी मा रहेको स्कटल्यान्डले यो जितसँगै महत्वपूर्ण दुई अंक जोडेको छ । यसअघि उदघाटन खेलमा वेस्ट इन्डिजसँगको म्याच गुमाएपछि स्कटल्यान्ड आजको खेल जित्नै पर्ने दबाबमा थियो ।
नेपाल सहित स्कटल्यान्ड, इङल्यान्ड, क्यानडा र वेस्ट इन्डिज यही समूह सी मा रहेका छन् ।

आजको खेलमा क्यानडाले टस जितेर स्कटल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । स्कटल्यान्डले निर्धारित २० ओभरमा जर्ज मुन्सीको ८४, ब्रान्डन म्याकमुलेनको अविजित ४१, मिसेल जोन्सको ३७, कप्तान रिची बेरिङटनको १५ तथा माइकल लिस्कको अविजित २२ रन मद्दतले २०७ रन बनाएको थियो ।

कोलकाताको इडेन गार्डेन्समा भएको यस प्रतिस्पर्धामा २०८ रनको विशाल लक्ष पछ्याएको क्यानडा १६.४ ओभरमा १३४ रनमै अल आउट भएको थियो । क्यानडाका लागि बेन मेनान्टीले सर्वाधिक ५२ रन बनाएका थिए ।

स्कटल्यान्डका लागि माइकल लिस्कले क्यानडाका ४ विकेट लिएका थिए । त्यस्तै मार्क वाटले २ तथा ब्राड कुरी, ब्राड ह्वील र ओलिभर डेभिडसनले एकएक विकेट लिए ।

आजै अपराह्न ३.१५ बजे जिम्बाबे र ओमान बिच कोलम्बोमा खेल हुँदैछ ।