२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप : उर्लाबारी भेट्रान्स प्रथम



अ+ अ-

मोरङ। दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ ।

सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथ नगद रु एक लाख ११ हजार १११ प्राप्त गर्यो भने उपविजेता सतिसाले भेट्रान्सले उपाधिसहित रु ५५ हजार ५५५ प्राप्त गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा उर्लाबारीका लागि विकास राईले पहिलो गोल गरे । मित्त बस्नेत खेलको ७२ औँ मिनेट गोल गर्दै अग्रता दोब्बर पारे । खेलको म्यान अफ दी म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई, गोल्डेन ग्लोप्स गोलरक्षक विनोद गौतम घोषित हुँदै नगद रु पाँच–पाँच हजार प्राप्त गरे । सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बलसहित नगद रु पाँच हजार र जीवन लिम्बूले गोल्डेन बुटसहित नगद रु सात हजार ५०० प्राप्त गरे ।

पथरी शनिश्चरे भेट्रान्सले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका आठ टिमको सहभागिता थियो । यही माघ १७ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगिता प्रस्तावित पथरी रङ्गशालामा सञ्चालन भएको थियो ।

पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको पहिलो पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसिया र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रदान गर्नुभएको थियो । रासस