१८ श्रावण २०८३, सोमबार
,
Latest
मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको… राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत लुम्बिनी विकास कोषमा चरम भ्रष्टाचार र सम्पदा नष्ट गरिएको ‘लुम्बिनी बचाउ महाअभियान’को आरोप उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधि र मन्त्रालयबीच वार्ता सुरु सुकुम्बासीलाई रोजगारीसँग जोड्न तालिम र अवसर उपलब्ध गराउने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्कको नयाँ कदम: अन्तरिक्षमा डाटा सेन्टर र एआई



अ+ अ-

न्यूयोर्क। एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गरिनेछ, जसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रमहरू सञ्चालन गर्दा विजुली संकट रोक्न मद्दत गर्नेछ। यसको लागि उहाँले आफ्नो अन्तरिक्ष संस्था र एआई व्यवसायलाई एकसाथ जोडेर ठूलो सार्वजनिक प्रस्ताव गर्ने योजना बनाउनुभएको छ।

तर विज्ञहरूले चेतावनी दिनुभयो,” अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्न धेरै प्राविधिक, आर्थिक र वातावरणीय चुनौतीहरू छन्। कम्प्युटर चिपहरूले धेरै तातो उत्पादन गर्छन्, र अन्तरिक्षको शून्य हावामा तातो बाहिर जान कठिन हुन्छ।

यस समस्याको समाधानका लागि विशाल रेडिएटर प्यानलहरू बनाउने योजना छ, तर यस्ता संरचना अहिलेसम्म कहिल्यै निर्माण भएका छैनन्।”

अन्तरिक्षमा उपग्रह बिग्रिनुको सम्भावना पनि उच्च छ, जसले आपतकालीन सञ्चार र मौसम पूर्वानुमानमा असर पार्न सक्छ। मस्कका अनुसार, आगामी ३०–३६ महिनाभित्र अन्तरिक्ष नै बुद्धिमत्ता प्रणालीको सबैभन्दा उपयुक्त स्थान बन्नेछ। तर विज्ञहरूले भनेका छन्,” बिग्रेका उपकरण मर्मत गर्न मानिसहरू पुग्न नसक्ने र सूर्यको उच्च ऊर्जा कणले उपकरणमा असर पार्ने चुनौती रहन्छ।”

अन्य कम्पनीहरू पनि अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने प्रयास गर्दैछन्। विशेषज्ञहरूले यसलाई अन्तरिक्ष क्षेत्रमा शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन्। (रासस/एपी)




भर्खरै