१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग छलफलको दिन तोक्ने तयारी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । बैठक दिउँसो संसद् भवन नयाँ बानेश्वर दिउँसो १ बजे बस्नेछ ।

संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम २ बमोजिम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको २१औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

यही फागुन १ गते संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । नेकपा (माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव र ९५ सांसदको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।