२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसकेआईएफ टिम च्याम्पियन



अ+ अ-

काठमाडौं । आयोजक नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जित्यो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा अवस्थित कराते हलमा भएको प्रतियोगिता नेपालकै अन्तर्राष्ट्रिय मार्सल एसोसिएसन (आईएमए) ५ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको भारतले ३ स्वर्ण, २ रजत र १० कांस्य जित्यो ।

प्रतियोगिताको पुरुषमा राहुल गुप्ता तथा महिलामा सीमा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । राहुलले २५ केजी तथा सीमाले ४५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

विजेतालाई आयोजक एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपालबाट २०८, भारतबाट ३५ र पाकिस्तानबाट २ गरी २ सय ४५ खेलाडी सहभागी थिए । दुईदिने प्रतियोगितामा ३२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।