३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय



अ+ अ-

काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।

श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ ।

ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका आधारमा ब्वाइज/गल्र्स सिंगल्स र मिक्स डबल्समा खेल हुने छ । भलिबलमा ब्वाइज/गल्र्स, एथलेटिक्समा ब्वाइज/गल्र्सको हाइजम्प, लङजम्प, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १०० मिटर रिलेमा खेल हुने छ । ओप्सका ईसीए इन्चार्ज तथा श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले फुटबलमा १६ ब्वाइज टिमको सहभागिता रहने छ । फुटबल श्रृजना ज्ञान सागरले आयोजना गर्ने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ रहेको छ । फुटबल र एथलेटक्स गोलढुंगा खेल मैदान, ब्याडमिन्टन मनमैजुको जि फोर हल तथा भलिबल तार्केश्वरको पैयाटारमा हुने छ । पत्रकार सम्मेलनमा एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुन, कौशलका प्रिन्सिपल एवं ओप्सका सचिव शिव अर्याललगायतको उपस्थिति थियो । प्रतियोगिता माघ १४ गते सम्पन्न हुने छ ।