६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

थाती मुद्दा टुंग्याउने प्रस्ताव भिडियो कन्फ्रेन्स मार्फत

थाती मुद्दा टुंग्याउने प्रस्ताव भिडियो कन्फ्रेन्स मार्फत
अ+ अ-

काठमाडौं । नेपालले भारतसमक्ष विवादित भएर थाती रहेका सबै मुद्दा टुंगो लगाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भिडियो कन्फ्रेन्समा थाती रहेका मुद्दा टुंगोमा पुर्याउन प्रस्ताव गरेका हुन् । सीमा विवाद, सुगौली सन्धि लगायतका विवादित विषय लामो समयदेखि टुंगिन सकेको छैन । जसले गर्दा नेपालमा जहिले पनि भारत विरोधी आवाज उठिनै रहने गरेको छ । केही समय पहिला भारतले नेपाली भूमि समेटेको राजनीतिक नक्सा सार्वजनिक गरेपछि सो विवाद नेपालमा झनै चर्किरहेका वेला प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् ।

‘मित्रताका आधारमा काम गर्यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौँ,’ प्रधानमन्त्री ओलीले भने,‘वार्ताका माध्यमबाट हामीबीच थाती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी पनि सुल्झाउने बेला आएको छ ।’ विराटनगरस्थित एकीकृत भन्सारचौकीको उद्घाटन गर्न भिडियो कन्फ्रेन्समा जोडिएका बेला प्रधानमन्त्री ओलीले दुबै देशमा स्थायी र बहुमतको सरकार भएकाले यो उपयुक्त अवसर भएको उल्लेख गरेका हुन् । ‘मेरो सरकार समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ,’ ओलीले भने ।

सीमा विवादमा प्रधानमन्त्री ओलीले विशेष दूत पठाउन लाग्दा मोदीले समय नदिएको समाचार आईरहेका बेला उनले सो प्रस्ताव सार्वजनिक रूपमा गरिदिएका हुन् । यसैगरी इपिजी प्रतिवेदनपनि अहिलेसम्म भारतले बुझ्न अस्वीकार गर्दै आईरहेको छ । प्रधानमन्त्री ओलीले थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुंगो लगाउने समय स्पष्ट पारे । अहिलेको नेपाल सरकारको आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको र भारत सरकारको आकांक्षा ‘सबका साथ सबका विकास र सबका विश्वास’ रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले ‘हाम्रा देशलाई वैभवयुक्त र खुसी राख्न सँगै काम गरौँ’ भनेर प्रस्ताव गरेका थिए ।

उनले पछिल्ला दिनमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरेको चर्चा गर्दै आगामी दिनमा दुई देशको सम्बन्धलाई अझ राम्रो पार्न सकिने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले बोलेपछि बोलेका मोदीले यो दशक नेपाल–भारत सम्बन्धको स्वर्णीम दशक बन्ने घोषणा गरे । उनले नेपालमा सबै मित्रहरुलाई नयाँ वर्ष २०२०को शुभकामना दिँदै आवागमनमा सबै मित्र राष्ट्रहरूमा सरल र सुचारु गर्न हाम्रो व्यापार, संस्कृति, शिक्षा आदि क्षेत्रको सम्पर्कलाई अझ सुगम बनाउन भारत प्रतिबद्ध रहेको जनाए । ‘हामीले केही नयाँ क्षेत्रमा सहयोग गरेका छौँ । मलाई आशा छ यो नयाँ दशक भारत–नेपाल सम्बन्धको स्वर्णिम दशक बनोस्,’ मोदीले भने ।

उनले भारत र नेपाल क्रस बोर्डर कनेक्टिभिटी प्रोजेक्ट जस्तो सडक, रेल र ट्रान्समिसन लाइनमा काम गरिरहेको चर्चा गर्दै सीमाको प्रमुख स्थानमा ‘इन्ट्रिगेटेड चेक पोस्ट’ले आपसी व्यापार र आवागमनलाई निकै सुविधाजनक बनाइरहेको उल्लेख गरेका छन् । उनले सन् २०१५ मा नेपालमा भूकम्प एक दर्दनाक घटनाका रूपमा आएको चर्चा गर्दै भूकम्पजस्तो प्राकृतिक अप्ठेरोमा मानिसको दृढता र निश्चयको परीक्षा हुने गरेको र यो दुखद परिणामको सामना साहसका साथ गरेकोमा नेपालीप्रति भारत गौरवान्वित रहेको जनाएका छन् ।

उनले भारतको सहयोगमा ४५ हजार घरको निर्माण भइसकेकोमा सन्तोष व्यक्त गर्दै बाँकी घरको निर्माण पनि चाँडै पूरा हुने अपेक्षा गरेका छन् । उनले भनेका छन, ‘मेरो कामना छ, नयाँ वर्षमा यहाँको सहयोग र समर्थनबाट हामी आफ्नो सम्बन्ध अझ उचाइमा लग्नेछौँ र यो नयाँ दशक भारत नेपाल सम्बन्धको स्वर्णिम दशक बन्नेछ ।’ भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग इन्टीग्रेटेड चेक पोस्ट (आइसीपी) उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत कस्तो छ भनेर सोधेका थिए । उनले नयाँ वर्षको शुभकामनासमेत दिएका थिए ।

उनले गएको साता संक्रान्तिको पर्व उल्लासका साथ मनाइएको समेत चर्चा गरे । भिडियो कन्फ्रेन्समा नेपालका राजदूत निलाम्बर आचार्य र भारतका सुरक्षा सल्लाहकार अजित डोभललगायतका पनि मोदीसँगै थिए ।

मोदी नेपाल आउने:मोदी यसै वर्ष नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री ओलीले भ्रमणको दिएको निम्तोलाई स्वीकार गर्दै मोदीले सन् २०२० को भ्रमण वर्षमै नेपाल आउने घोषणा गरे । उनले यो वर्ष आफू नेपाल भ्रमणमा आउने संकेतसमेत गरे । तपाईंहरूको मायाले खिचेर ल्याइरहेको चर्चा गर्दै मोदीले कुनै समय सँगै बिताउने उल्लेख गरेका छन् ।

नेपालका नागरिकको दर्शन गर्ने पनि मौका मिल्ने उनले चर्चा गरे । ‘कस्तो छ ?’, भनेर मन्तव्यको सुरुआत गरेका उनले अन्त्यमा नेपाली भाषामा भने, ‘अन्त्यमा, तपाईंहरू सबैलाई धेरै शुभकामना दिन्छु । फेरि भेट होला, नमस्कार ।’ सौर्य दैनिकबाट