३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मी सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु दश हजार पाउनेछन् ।